19th October | 2019 | Saturday | 8:03:39 PM

ठूलो पर्दामा आउँदै रामकृष्ण

  POSTED ON : भदौ ८, २०७६ (४:५१ PM)

ठूलो पर्दामा आउँदै रामकृष्ण

काठमाडौं (हिटा) । प्रसिद्ध गायक रामकृष्ण ढकालले चलचित्रमा अभिनय गर्ने तयारी भइरहेको बताएका छन् । आफ्ना गीतहरूको भिडियोमा फाटफुट अभिनय गर्दै आएका रामकृष्णले ठूलो पर्दाको चलचित्रमा कामगर्ने गृहकार्य भइरहेको बताए । 

शुक्रबार चलचित्र जाइराको विशेष शो हेर्न पुगेका रामकृष्णले अहिले आफूले काम गर्ने चलचित्रको स्क्रिप्टको काम भइरहेको खुलाए । ‘अहिले नै सबै कुरा त भन्न सक्दिन, स्क्रिप्टको काम भइरहेको छ । छिट्टै दर्शकले देख्न पाउनुहुनेछ’, रामकृष्णले भने । ‘मुख्य भूमिकामै देखिँदैछु चलचित्रमा ।’

नेपालमा प्रसिद्ध गायकहरू पनि नेपाली चलचित्रक्षेत्रमा अभिनय गरेर फरक छाप बनाइसकेका छन् । त्यही दौडमा गायक रामकृष्ण पनि देखिन्छन् । गायकीको जादुले सबै श्रोताको मन जितेका रामकृष्णले अभिनयको जादुबाट कत्तिको दर्शक मटुल्छन् त्यो भने केही समय कुर्नै पर्ने देखिन्छ ।


Views: 103