20th January | 2020 | Monday | 11:29:58 AM

कथाले मागेपछि कपाल मुण्डन

हिमालय टाइम्स   POSTED ON : भदौ १३, २०७६ (९:५७ AM)

कथाले मागेपछि कपाल मुण्डन

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले चलचित्र ‘आमा’को कथाले मागेपछि कपाल मुण्डन गरेकी छन् । छायांकनमा व्यस्त सुरक्षाले राम्रो चलचित्र बनेकाले आफ्नो तर्फबाट कुनै कमी हुन नदिएको बताइन् । 

सुरक्षाले पहिलो पटक कपाल मुण्डन गरेकी हुन् । नेपाली चलचित्रका अभिनेत्रीहरूमा कमैले कपाल मुण्डन गरेको पाइन्छ । अहिले प्रदर्शनरत चलचित्र जाइराकी नायिका नम्रता श्रेष्ठले पनि आफ्नो कपाल मुण्डन गरेकी थिइन् । 

दीपेन्द्र के. खनालको निर्देशनमा छायांकन भइरहेको ‘आमा’ले एक आमा र छोरीको भावनात्मक सम्बन्धको कथा बोल्ने बताइएको छ । चलचित्रमा अभिनेत्री मिथिला शर्मा आमाको भूमिकामा छिन् भने अभिनेत्री सुरक्षा छोरीको भूमिकामा छिन् । 

शर्मिला पाण्डेयको लगानी रहेको यो चलचित्रमा ३५ प्रतिशत दृश्यमा पानी देखाउनु पर्ने भएकाले अहिले छायांकन पानी परेको समयमा मात्र हुनेगरेको निर्देशक खनाल बताउँछन् । दैनिक कलाकार र प्राविधिकसहित पानी कुरेर बस्ने गरेको उनको भनाइ छ ।


Views: 137