15th September | 2019 | Sunday | 8:13:13 PM

रातो टीका निधारमाः शिक्षिका साम्राज्ञी (ट्रेलरसहित)

हिमालय टाइम्स   POSTED ON : भदौ १८, २०७६ (९:४७ AM)

रातो टीका निधारमाः शिक्षिका साम्राज्ञी (ट्रेलरसहित)

काठमाडौं । नवनायक अंकित शर्मा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘रातो टीका निधारमा’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरका अनुसार अभिनेत्री साम्राज्ञी चलचित्रमा गाउँले भूमिकामा देखिएकी छन् ।

उनी एक शिक्षिकाको भूमिकामा देखिँदैछिन् । यसभन्दा अघि साम्राज्ञी यस्तो भूमिकामा देखिएकी थिइनन् । यस्तै नायक अंकित बैदेशीक रोजगारीमा पठाउने एजेन्टको रूपमा देखिएका छन् । अशोक शर्माले निर्देशन गरेको सो चलचित्रका नायक अशोककै छोरा हुन् । अंकितको पहिलो चलचित्र हो । 

चलचित्रमा अंकित र साम्राज्ञीसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरि पौडेल, लक्ष्मी गिरी, वसुन्धारा भुसाललगायतको अभिनय छ । निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले चलचित्रको निर्माण गरेका हुन् । 

चलचित्रमा शम्भुजित बास्कोटा र कल्याण सिंहको संगीत छ । चलचित्रमा दुई दशकअघिको हिट चलचित्र ‘अल्लारे’मा समावेश ‘रातो टीका निधारमा’कलाई रिएरेन्ज गरेर राखिएको छ । चलचित्रको नाम पनि सोही गीतबाट लिइएको छ । चलचित्र मस्तिष्कमा राख्न थप सहज हुने अनुमान गर्न सकिनेछ । 

गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । चलचित्रमा सहदेव ढुंगाना, डा.कृष्णहरि बराल र रवि मल्लले गीत लेखेका हुन् भने कृति चलचित्रकी सहायक निर्देशक हुन् । मित्रदेव गुरुङले सम्पादन गर्ने सो चलचित्र असोज १० गतेबाट प्रदर्शनमा आउँदैछ ।


Views: 151