20th January | 2020 | Monday | 12:53:15 PM

टुइन्स ब्वाइजसँग बिनु

  POSTED ON : भदौ २०, २०७६ (३:५७ PM)

टुइन्स ब्वाइजसँग बिनु

काठमाडौं (हिटा) । बेलि डान्सर बिनु शाक्य र जुम्ल्याहा दाजुभाइ (अमर र अमृत दाहाल)को नृत्य रहेको नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ । रामकृष्ण ढकाल र मीना निरौलाको स्वरमा रहेको ‘हात समाइदेऊ’बोलको गीतमा माया राईको शब्द छ भने श्री कृष्ण बम मल्लले संगीत दिएका छन् ।

गीतको भिडियोमा क्रान्ति केसीको निर्देशन तथा सम्पादन छ । भिडियो अजय रेग्मीले खिचेका हुन् । पछिल्लो समय टुइन्स गर्ल र ब्वाइजको ग्रुपका म्युजीक भिडियोलाई दर्शकले बढी रुचाएको पाइन्छ । दुईजनाको शारिरीक बनावट र अनुहार उस्तै हुनेभएकाले हेर्दा दर्शकले फरक महसुस गर्छन् । 

यस्तै अमर र अमृत दाहालले पनि पछिल्लो समय म्युजिक भिडियोको अफर पाउन थालेका छन् । उनीहरू टिकटक एप्सबाट बढी चर्चामा रहेका हुन् । यस्तै बेली डान्सरको रूपमा परिचित बिनुले पनि थुप्रै म्युजिक भिडियोमा काम गरिसकेकी छन् । सबैजसो नृत्य गर्ने बिनुलाई बेली डान्सरकै रूपमा धेरै दर्शकले चिन्ने गर्छन् ।


Views: 111