15th September | 2019 | Sunday | 7:53:30 PM

दबंग ३ सार्ने सोचमा सलमान

  POSTED ON : भदौ २२, २०७६ (४:५९ PM)

दबंग ३ सार्ने सोचमा सलमान

मुम्बई (एजेन्सी) । बलिउड अभिनेता सलमान खानको चलचित्र ‘दबंग ३’ यसैवर्षको डिसेम्बर २० मा प्रदर्शन हुने भनिएको छ । अधिकांश दर्शकलाई यो चलचित्रको प्रदर्शन मिति पहिले नै थाहा हुन्छ किनकी बलिउडका सुपरस्टारहरूले आफ्नो चलचित्रको प्रदर्शन मिति खासै फेरबदल गर्दैनन् । तर सलमान ‘दबंग ३’को प्रदर्शन मिति सार्ने साेंचमा आएका छन् । 

उनले ‘इंशाअल्लाह’मा काम नगर्ने भएपछि ‘दबंग ३’को प्रदर्शन मिति सार्न लागेका हुन् । सलमान हरेक वर्षको इदमा आफ्नो चलचित्र लिएर आउने गरेका छन् । यसअघि उनले २०२०को इदमा ‘इंशाअल्लाह’ लिएर आउने सोंच बनाएका थिए । 

तर ‘इंशाअल्लाह’ नहुने भएपछि उनले ‘इंशाअल्लाह’ प्रदर्शन गर्ने साेंच बनाएको २०२०को इदमा हाल धमाधम सुटिङ चलिरहेको ‘दबंग ३’ प्रदर्शन सोंच बनाइरहेका छन् । भारतीय मिडियाका अनुसार भने उनकै चलचित्र ‘किक २’को प्रदर्शन हुनसक्ने बनाएका छन् । तर चलचित्रको सुरसारै नभएकाले सलमानले इदमा ‘दबंग ३’ प्रदर्शन गर्ने बताएका छन् ।


Views: 86