15th September | 2019 | Sunday | 8:01:39 PM

विपिनलाई चुनौती सेल्फि किङ

हिमालय टाइम्स   POSTED ON : भदौ २५, २०७६ (९:५६ AM)

विपिनलाई चुनौती सेल्फि किङ

काठमाडौं । नेपाली चलचित्रका पछिल्लो समयका सर्वाधिक लोकप्रिय अभिनेता हुन् विपिन कार्की । उनले अभिनय गरेका अधिकांश चलचित्रले बक्स अफिसमा कमाल गरेका छन् । त्यसैले उनी निर्माताहरूको रोजाइको अग्रपंक्तिमै पर्छन् । 

उनले अभिनय गरेको पछिल्ला चलचित्र ‘प्रसाद, जात्रा’लगायत चलचित्र सफल रहे । एकपछि अर्को चलचित्र सफल रहँदा विपिनलाई चुनौती थपिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच चलचित्र ‘सेल्फी किंग’ निर्माणको घोषणा गरियो । जसमा विपिन मुख्य भूमिकामा छन् । 

उनको जोडीको रूपमा लक्ष्मी बर्देवा रहनेछिन् । यो चलचित्रमा राम्रो गर्नुपर्ने र दर्शकको आशालाई पूर्णता दिन विपिनले चुनौती सामना गर्नुपर्नेछ । विपिनले चलचित्रको कथा, निर्माण टिम सबै मन परेपछि चलचित्रका काम गर्न राजी भएका हुन् ।

विपिनले ‘गोपाल’ नामक भूमिका निर्वाह गर्ने यो चलचित्रमा विपिन र लक्ष्मीको अलवा अभय बराल, लोकमणि सापकोटा, भुवन चन्द, सविन बास्टोला, राजेश विशुराई, रामशरण दुलाल, युवराज विश्वकर्मा, कञ्चन संग्रौला, विक्रम श्रेष्ठ, अन्जु शर्मा, धुव्र थापा र प्रेमप्रसाद खतिवडालगायतको अभिनय छ । 

यसै सातादेखि छायांकन सुरु गरिने चलचित्रमा पाहुनाको भूमिकामा केकी अभिकारी रहनेछिन् । सुवाष थापा र दिनेश राउतको निर्माणमा तयार गरिने चलचित्रमा सुशन प्रजापतिले छायांकन र जीवन थापा सम्पादन रहनेछ ।


Views: 75