20th January | 2020 | Monday | 12:47:42 PM

कलाकारितामा फैलिन चाहने सावित्रा

हिमालय टाइम्स   POSTED ON : भदौ २६, २०७६ (९:५० AM)

कलाकारितामा फैलिन चाहने सावित्रा

काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा संघर्ष गर्दै अगाडि बढेकी गायिका सावित्रा (भुजेल) बस्नेत यसै क्षेत्रबाट फैलिन चाहन्छिन् । सोलुखुम्बुकी सावित्राले गीतसंगीतकौ माध्यमबाट नाम र दाम कमाउने उद्देश्यका साथअघि बढेको बताउँछिन् । 

‘यही क्षेत्रमा संघर्ष गरिरहेकी छु । कलाकारले नाम र दाम दुवै कमाउनुपर्छ । बल्ला यो क्षेत्र बच्न सक्छ’, सावित्राले भनिन्, ‘स्थामित नहुन्जेल निरन्तर संघर्ष गरिरहनेछु ।’ हालसम्म आधा दर्जन गीत गाएकी उनले एकदर्जन म्युजिक भिडियोमा अभिनय गरेकी छन् । केही महिनाअगाडि बजारमा आएको ‘तरकारी काउली’ नाम गरेको गीतमा नायक दिलिप रायमाझीसँग पनी उनले अभिनय गरेकी छन् ।

यही आफंैले गाएको गीतमा आफूले अभिनय गर्न सकिन्छ र दर्शकले मन पराउनुहुन्छ भने जो कोहिले आफ्नो गीतमा अभिनय गर्नसक्ने बताउँछिन् । आफूलाई आउने काम गर्नुपर्छ भन्ने भावनाले सोही गीतको भिडियोमा अभिनय गरेको उनको भनाइ छ । 


Views: 112