20th February | 2020 | Thursday | 10:47:01 AM

राजीवले बुझे करोडको चेक

  POSTED ON : भदौ २९, २०७६ (४:१४ PM)

राजीवले बुझे करोडको चेक

काठमाडौं (हिटा) । चर्चित फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’ को पहिलो सिजनमा सबै (१५ वटै) प्रश्नको सही जवाफ दिएका राजीव जैनलाई एक करोडको चेक हस्तान्तरण गरिएको छ । पहिलो सिजन समाप्त भएको चार महिनापछि एक पत्रकार सम्मेलन गर्दै उनलाई रक्त रकम हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा होष्ट नायक राजेश हमालको उपस्थितिमा विजेतालाई चेक हस्तान्तरण गरिएको हो । विराटनगरका जैनले ४२औं शृंखलामा सबै प्रश्नको जवाफ मिलाएर एक करोड रुपैयाँ जितेका थिए । 


Views: 96

सम्बन्धित सामग्री:

प्रमोदको धोकेबाज सार्वजनिक

: फाल्गुन ७, २०७६ (३:५९ PM)