20th January | 2020 | Monday | 11:25:29 AM

छानियो मोडल हन्ट नेपाल

हिमालय टाइम्स   POSTED ON : भदौ ३०, २०७६ (११:४० AM)

छानियो मोडल हन्ट नेपाल

काठमाडौं । बेनिलि मोडल हण्ट नेपाल २०१९’मा सुदीप वस्ती र कुशिका प्रसाई विजेता बनेका छन् । पाल्पा रामपुरका २३ वर्षीय सुदीपले २९ प्रतियोगी र काठमाडौं कपनकी १८ वर्षीया कुशिकाले २६ प्रतियोगीलाई पछि पार्दै ‘बेनिलि मोडल हण्ट नेपाल २०१९’को शिर्ष उपाधि चुमेका हुन् । 

शनिबार होटल सोल्टीको प्रेक्षालयमा साँझ आयोजित अन्तिम प्रतिस्पर्धामा शीर्ष विजेता बनेका दुवैले चाइनामा हुने सुपर मोडल ग्लोब, लक्जरी ब्राण्ड मोडल अवार्ड, मिस्टर एण्ड मिस मोडल वल्र्डवाइड, मिस्टर वसिन, पन फेसन विक, एसिया लाइस्टाइल विकलगायत अन्तर्राष्ट्रिय फेसन तथा मोडलिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न अवसरसमेत प्राप्त गरे । 

साजसज्जा सहितको भव्य मञ्चमा फेसनमय वातावरणसहित आयोजित प्रतियोगितामा सम्सद शाह, ख्याति शर्मा फस्टरनर अप र अमन शाह, एलिना भुजु सेकेण्ड रनरअप चुनिए । यो संस्करणसम्म आउँदा प्रतियोगिताको प्रस्तुतीकरण र आयोजनालाई झनै परिष्कृत र स्तरीय बनाउन आफू सफल भएकोमा आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले खुशी व्यक्त गरे ।

परमिता राणा (अभिनेत्री मोडल), उषा खड्गी (पूर्वमिस नेपाल), सृजना रेग्मी (मोडल नायिका), दलजित सुदान (अन्तर्राष्ट्रिय फेसन डिजाइनर), अभिमन्यु सिंह तमोर (अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर) प्रतियोगिताको निर्णायकमा रहेका थिए ।


Views: 96