20th February | 2020 | Thursday | 11:20:21 AM

वाग्लेले पारस बनाउने

हिमालय टाइम्स   POSTED ON : भदौ ३१, २०७६ (१०:१७ AM)

वाग्लेले पारस बनाउने

काठमाडौं । नेपाली चलचित्र निर्माता माधव वाग्लेले नयाँ चलचित्र ‘पारस’ बनाउने भएका छन् । यसअघि दर्जनौं चलचित्र निर्माण गरिसकेका वाग्लेले ‘पारस’ले निर्देशन गर्नेछन् । उनको यो निर्देशनमा पहिलो चलचित्र हुनेछ ।

यो चलचित्रमा निर्देशक तथा कलाकार निश्चल बस्नेत, कलाकार सन्दीप क्षेत्री र नव नायिका समीक्षा पोखरेलको अभिनय रहने पक्का भइसकेको छ भने अन्य कलाकारको छनोट भइसकेको छैन ।

निर्माता माधवले दर्जनौं चलचित्र निर्माण गर्दै निर्देशनको अनुभव लिएको बताए । चलचित्रको नाम ‘पारस’ जुराउँदा कतिपयलाई यो चलचित्र पूर्वयुवराज पारसको जीवनीमा बन्ने हो कि भन्ने कहुतुहलतालाई दूर गर्दै उनले पारससँग चलचित्रको कथा सम्बन्धित नरहेको बताए । हाल स्क्रिप्ट राइटर प्रदीप भारद्वाजसँग मिलेर स्क्रिप्ट लेखनको काम भइरहेको बताए । 

मंसिरबाट छायांकन सुरु हुने भनिएको यो चलचित्र आउँदो चैत २८ मा प्रदर्शन गर्ने तयारी गरिएको छ । उक्त मितिमा सन्तोष सेनको ‘प्रेम गीत ३’ प्रदर्शन हुने घोषणा भइसकेको छ । ‘प्रेम गीत ३’ सफल व्यानर हो । यो चलचित्र प्रतिक्षित बनिरहेका बेला वाग्लेले आफ्नो चलचित्र ल्याउन खोजेका छन् । यसै मितिमा अढिक रहन्छन् या प्रदर्शन मिति सार्नेछन् त्यो चलचित्र निर्माण भइसकेपछि पक्का हुनेछ । 

वाग्लेले योभन्दा अघि ‘मिसन पैसा’, ‘मिसन पैसा २’,‘रेशम फिलिली’,‘लुट’ ‘फष्ट लभ’, ‘छड्के’ ‘लुट २’ ‘चंगा चेट’ र ‘लभ शासा’लगायत चलचित्र निर्माण गरिसकेका छन् । 


Views: 80

सम्बन्धित सामग्री:

प्रमोदको धोकेबाज सार्वजनिक

: फाल्गुन ७, २०७६ (३:५९ PM)