19th October | 2019 | Saturday | 8:18:50 PM

किस सिन हुँदा फिल्म नै रिजेक्ट

हिमालय टाइम्स   POSTED ON : आश्विन २, २०७६ (१०:१६ AM)

किस सिन हुँदा फिल्म नै रिजेक्ट

मुम्बई । बलिउडका सुपरस्टार सलमान खानले फिल्ममा किस सिन भएकी कारण फिल्म नै छाडेका छन् । अभिनेत्री आलिया भट्ट र सलमानको अभिनय रहने भनिएको ‘इन्साअल्लाह’मा आलियासिंगको इन्टिमेट सिन भएकै कारण सलमानले फिल्म छाडेको खबर बाहिरिएको हो । यसअघि ‘इन्साअल्लाह’का निर्देशक सञ्जय लीला भन्सालीसँगको सम्बन्ध बिग्रीएको कारणले सलमानले चलचित्र छोडेको व्यापक चर्चा थियो । चलचित्रमा सलमान र आलियाबीच लामो चुम्बन (किस)को दृश्य राखिएकाले सलमान चलचित्र नगर्ने मुडमा पुगेका हुन् । उनले चुम्बन गर्न इन्कार गर्दै चलचित्रबाट यो सिन हटाउन माग गरे । तर निर्देशक भन्सालीले उक्त माग स्वीकार गरेनन् । यसअघिका चलचित्रमा पनि सलमान चुम्बन नगरी हिट भएका छन् । उनले आफू किस नगरी हिट हुने अभिनेता भएका कारण आगामी दिनमा पनि कुनै पनि चलचित्रमा इन्टिमेट सिन नगर्ने बताउँदै आएका छन् । 


Views: 97