19th October | 2019 | Saturday | 9:39:07 PM

रामायणमा ऋतिक राम र प्रभास रावण

एजेन्सी   POSTED ON : आश्विन २, २०७६ (१०:१७ AM)

रामायणमा ऋतिक राम र प्रभास रावण

मुम्बई । बलिउड चलचित्र ‘रामायण’मा अभिनेता ऋतिक रोशन र प्रभासबिच भिडन्त हुने भएको छ । चलचित्रमा ऋतिक राम र प्रभास रावणको बन्ने खबर भारतीय मिडियामा उल्लेख छ । यस्तै चलचित्रमा दीपिका पादुकोण सीताको भूमिकामा देखिने छिन् । 

यस्तैमा चलचित्रकालागि रावणको खोजी भइरहँदा साउथ सुपरस्टार प्रभासलाई रावणको भूमिका अफर गरिएको हो । निर्माणटीमले प्रभासको शरीरको बनावट रावणको भूमिकाको लागि सुट गर्ने भएकाले उनलाई चलचित्रकालागि अफर गरेको बताएका छन् । तर प्रभासले हाल केही निर्णय लिएका छैनन् । ६ सय करोड बजेटमा निर्माण हुन लागेको ‘रामायण’ बलिउडकै महंगो चलचित्र हो । चलचित्र हिन्दी, तमिल र तेलुगु भाषामा प्रर्दशन गरिने छ । 

Views: 107