18th January | 2020 | Saturday | 4:39:54 AM

नयाँ फिल्ममा आयुष्मान तेस्रो लिंगी

  POSTED ON : आश्विन १०, २०७६ (५:२० PM)

नयाँ फिल्ममा आयुष्मान तेस्रो लिंगी

मुम्बई (एजेन्सी) । बलिउड अभिनेता आयुष्मान खुराना नयाँ चलचित्रमा तेस्रो लिंगीको भूमिकामा देखिने भएका छन् । फिल्म ‘शुभ मंगल ज्यादा सावधान’मा इन्टिमेट सिन पनि रहेको र यसका लागि आयुष्मानले सकारात्मक प्रतिक्रिया जनाएको भारतीय मिडियाहरुमा उल्लेख छ । 

पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘ड्रिम गर्ल’मा उनले केटी बनेर केटा फसाउने भूमिका निर्वाह गरेका थिए । अन्य चलचित्रभन्दा फरक शैलीको चलचित्रलाई सहजरूपमा न्याय गर्नसक्ने उनी अर्को नयाँ चलचित्रमा अभिनय गर्दैछन् । ‘ड्रिम गर्ल’ले बक्सअफिसमा सानदार कमाई गरेपछि गायक तथा नायक आयुष्मानको बलिउडमा एकाएक डिमाण्ड बढिरहेकको छ । 

पछिल्लो समय उनी अभिनित आन्धाधुन, आर्टिकल १५, बधाई हो जस्ता चलचित्रले बक्सअफिसमा राम्रो ब्यापार गरेका थिए । 


Views: 139