19th October | 2019 | Saturday | 9:01:47 PM

न्यूओर्कमा वल्र्ड नेपाली म्युजिक अवार्ड हुने

हिमालय टाइम्स   POSTED ON : आश्विन १३, २०७६ (९:५८ AM)

न्यूओर्कमा वल्र्ड नेपाली म्युजिक अवार्ड हुने

काठमाडौं । आउँदो नोभेम्बर २३ मा अमेरिकाको न्यूओर्कमा पहिलो पटक आयोजना हुन लागेको ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ को उत्कृष्ट दश सार्वजनिक गरिएको छ । जम्मा १८ विधा रहेको यस अवार्डको आइतबार राजधानीको होटल अन्नपूर्णमा एक कार्यक्रमबीच नोमिनेशनमा परेका सम्पूर्ण कलाकारलाई प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध गायक प्रेमध्वज प्रधानले नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन ठूलो योगदान पु¥याएको भन्दै आयोजक टिमलाई धन्यवाद दिए । साथै उत्कृष्ट दशमा पर्न सफल कलाकारलाई बधाई तथा शुभकामना दिए । कार्यक्रममा संगीत विधासँग सम्बन्धित विभिन्न संघसंस्थाका पदाधिकारीको उपस्थिति थियो ।

उत्कृष्ट दशमा परेका कलाकार अबको दोस्रो चरणमा उत्कृष्ट तीनका लागि छनोट हुनेछन् । जसमा निर्णायक र भोटिङको आधारमा छनोट गरिनेछ । आयोजक वल्र्ड कनेक्सन युएस इन्कका उपाध्यक्ष दावा शेर्पाका अनुसार सेप्टेम्बर २९ गतेबाट विश्वभर भोटिङ गरी उत्कृष्ट १० मा परेका कलाकारलाई निर्णायकको तर्फबाट ४० प्रतिशत, प्रत्यक्ष भोटिङबाट ४० प्रतिशत र सोसियल मिडियाबाट २० प्रतिशत अंकसहित उत्कृष्ट तीन हरेक विधाबाट चुनिनेछन् । 

उत्कृष्ट तीनमा पर्न सफल कलाकारमात्र फाइनल अवार्ड समारोहमा सहभागी हुन युएसको भिसा प्रक्रियामा लगिने उपाध्यक्ष शेर्पाले बताए । फेदर क्रिएशन प्रालिको सहकार्यमा सम्पन्न हुने यो अवार्ड गत २१ जुन २१ देखि ३० अगष्टसम्म संसार भरबाट ७ सय ८२ फर्म दर्ता हुन आएका थिए । तीनफर्मको आधारमा पाँच निर्णायक समितिले उत्कृष्ट दश छनोट गरेको हो । 

अवार्डमा उत्कृष्ट पाश्र्व गीत ः पुरुष र महिलातर्फ, भाषा भाषी चलचित्रको गीत ः पुरुष र महिलातर्फ, उत्कृष्ट आधुनिक गीत ः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक दोहोरी गीत ः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक गीत ः पुरुष र महिला, उत्कृष्ट गीतकार, उत्कृष्ट संगीतकार, उत्कृष्ट म्युजिक भिडियो निर्देशक, उत्कृष्ट संगीत संयोजन, उत्कृष्ट लोपन्मुख गीत ः पुरुष र महिलातर्फ, उत्कृष्ट पप गीत ः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक गीत लय संकलक, उत्कृष्ट म्युजिक भिडियो मोडल ः पुरुष र महिलातर्फका उत्कृष्ट दशलाई प्रमाणपत्र प्रदान गरिएको हो ।


Views: 100