19th October | 2019 | Saturday | 8:10:56 PM

म्युजिक भिडियोमा राजेश र करिश्माको जोडी (भिडियो)

हिमालय टाइम्स   POSTED ON : आश्विन १४, २०७६ (१०:०५ AM)

म्युजिक भिडियोमा राजेश र करिश्माको जोडी (भिडियो)

काठमाडौं । अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरको जोडी लामो समयपछि म्युजिक भिडियोमा देखिएको छ । कुनै समय थुप्रै चलचित्रमा सँगै काम गरेको यो जोडीले ‘चट्ट बसी देउराली’ बोलको गीतमा काम गरेका हुन् ।

सार्वजनिक भिडियोमा राजेश र करिश्माको पुरानो कामलाई समेत स्मरण गराउने र प्रेमाभाव प्रकट गर्दा प्रेमीले प्रेमीकालाई आफ्नो बनाउन नसक्दाको कथालाई नजिकबाट देखाइएको छ । पछिल्लो पुस्ताका चर्चित गीतकार तथा संगीतकार दीपक शर्माका शब्द सिर्जनामा शर्माकै संगीत रहेको गीतमा लोकप्रिय गायिका मेलिना राई र भीम चापागार्इंको सुमधुर स्वर छ जसको एरेञ्ज नरेन्द्र वियोगीले गरेका हुन् ।

देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहालले गरेका छन् भने सम्पादन अच्युत बजागाइले गरेका हुन् । एट के अफिसियल च्यानलबाट सार्वजनिक गरिएको भिडियो रिलिज भएलगत्तै राम्रो चर्चा पाइरहेको गायक चापागार्इंले बताए ।

पछिल्लो समय राजेश र करिश्माको जोडीलाई चलचित्रमा देख्न पाइँदैन । दर्शकको चलचित्रको हेराई र व्यावसाहिक हिसाबमा यो पुस्ता अहिलेको चलचित्रमा फिट हुन नसक्ने हुँदा ठूलापर्दाको चलचित्रमा देख्न पाइँदैन । दर्शकले लामो समयपछि राजेश र करिश्माको जोडीलाई भिडियोमा देख्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।


Views: 138