19th October | 2019 | Saturday | 9:24:03 PM

बार रिलिजः टाइगरका गुरु ऋतिक

हिमालय टाइम्स   POSTED ON : आश्विन १५, २०७६ (११:२६ AM)

बार रिलिजः टाइगरका गुरु ऋतिक

काठमाडौं । आजबाट बलिउडको प्रतिक्षित चलचित्र ‘बार’ प्रदर्शनमा आएको छ । भारतसँगै विश्व व्यापारी प्रदर्शनमा आएको यो चलचित्र नेपालमा पनि उच्च शोका साथ प्रदर्शनमा आएको छ । अभिनेता टाइगर श्रफ र ऋतिक रोशनको मुख्य भूमिका रहेको यो चलचित्रको सोमबार मुम्बईमा स्क्रिनिङ राखिएको थियो । 

यो चलचित्रमार्फत टाइगर र ऋतिकले पहिलोचोटी स्क्रिन शेयर गरेका हुन् । टाइगर ऋतिकलाई आफ्नो आइडल मान्छन् । उनले काम गर्दाको सुरुदेखि नै ऋतिक आफ्नो अभिनय यात्राका लागि आइडल नै मान्ने गरेको बताउँदै आएका छन् । 

ऋतिकसँग काम गरेको अनुभव सुनाउँदै टाइगरले भने, ‘यति ठूलो स्टारसँग काम गर्दैछु भन्ने कुरा सोचेर सुटिङको पहिलो दिन मलाई एकदमै डर लागेको थियो । तर विस्तारै सबै ठीक भयो किन भने पहिलो दिन हाम्रो फेस टु फेस सिन एउटा पनि थिएन । केही सिनमा सँगै काम गरेपछि भने सहज लाग्न थाल्यो । करियरको सुरुवातमै यति ठूलो कलाकारसँग काम गर्न पाएकोमा म आफूलाई धन्य ठान्छु ।’ स्क्रिनिङगमा टाइगर र ऋतिकका अलावा रानी मुखर्जी, रवि किशन, कोरियोग्राफर बोस्कोलगायत कलाकारको उपस्थित थियो । बारमा ऋतिक र टाइगर कमाण्डोको भूमिकामा छन् । चलचित्रमा ऋतिक टाइगरका गुरु हुन्छन् । गुरु बदमाश हुन थालेपछि टाइगर आफ्नो गुरुलाई सही बाटोमा फर्काउने मिसनमा जान्छन् । चलचित्रमा बानी कपुर निकै ग्लामरस रोलमा छिन् । 


Views: 111