19th October | 2019 | Saturday | 8:18:59 PM

दशैंमा ससुराली जाने योजना किन रद्ध ?

हिमालय टाइम्स   POSTED ON : आश्विन १७, २०७६ (९:४४ AM)

दशैंमा ससुराली जाने योजना किन रद्ध ?

काठमाडौं । अभिनेता राजेश हमालले बिहे गरेको पाँच वर्ष पुग्दासम्म दशैँमा ससुराली गएका छैनन् । अन्य समयमा ससुराली गएको भए तापनि चाडपर्वमा जाने अवसर नमिलेको उनले बताए । उनी भन्छन्, ‘अन्तिम समयमा आएर दशैँ योजना परिवर्तन भएको छ । फूलपातीमा धनकुटामा कार्यक्रममा सहभागी हुने र उतै दशैँ मनाउने योजनामा थिएँ । तर अन्तिम समयमा पानीका कारण कार्यक्रम स्थागित भएपछि यसपालिको दशैँ काठमाडौंमै हुने भएको छ । दशैँको बेला काठमाडौं शान्त हुन्छ । झन् त्यसको आनन्द उठाउन पाइन्छ ।’ अभिनेता हमाल धनकुटामा भइरहेको मिस धनकुटाको फाइनल कार्यक्रमका लागि जाने तयारीमा थिए । त्यसै समयमा धरानस्थित ससुराली जाने तालिका तय गरेका थिए तर अन्तिम सयममा आएर काठमाडौंमै दशैँ मनाउने बताए । अभिनेता हमालले १६ वर्षअगाडि विजयाद दशमीको दिन आमाको निधन भएका कारण एकादशीको दिनमात्र टीका लगाउने गर्छन् । उनी केही दिनअघि म्युजिक भिडियो कलाकार संघले आयोजना गरेको दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी थिए ।


Views: 111