18th January | 2020 | Saturday | 2:54:54 AM

महिला खेलाडीलाई भिटेनको सहयोग

श्याम कार्की   POSTED ON : आश्विन २९, २०७६ (१०:०० AM)

महिला खेलाडीलाई भिटेनको सहयोग

रौतहट । -यापर गायक समीर घिसिङ (भिटेन) ले महिला खेलाडीलाई खेल सामग्री सहयोग गरेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका वडा–६ स्थित स्व. शेरबहादुर दर्लामी खेल मैदानमा आयोजित एक कार्यक्रममा उनले महिला खेलाडीलाई १५ थान बल प्रदान गरेका हुन् । 

खेल मैदानमा दैनिक ६० भन्दा बढी महिलाले दैनिक रूपमा फुटबल सिक्ने गरेका छन् । दशैँमा चन्द्रपुर–४ ठाडाटोल स्थित आफ्नो घरमा टीका थाप्न आएकाबेला उनले स्थानीय महिला खेलाडीलाई सहयोग गरेका हुन् । उनले खेलाडीलाई खादा ओडाएर सम्मान पनि गरेका थिए । आफ्नो जन्मथलोमा आएर खेलाडी चेलीहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको गायक भिटेनले बताए । 

रौहतट जिल्लाले नेपालको महिला फुटबललाई निकै राम्रा खेलाडी दिइसकेको बताउँदै उनले खेलको माध्यमद्वारा आफ्नो ठाउँलाई देशविदेशमा चिनाउने खेलाडीलाई सम्मान÷सहयोग गर्न पाउँदा खुशी लागेको अनुभव सुनाए । साथीहरूसँगै फुटबल खेलेर हुर्केको विगत स्मरण गर्दै उनले आपूm फुटबल प्रेमी बताए । ‘सानोमा गाउँमा साथीहरूसँग फुटबल खेल्दा रमाइलो लाग्थ्यो’, भिटेनले भने, ‘अहिले पनि फुर्सद भयो भने फुटसल खेल्न जाने गरेको छु । यो सहयोगको सुरुवातमात्र हो ।’

कार्यक्रममा रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामीले देश विदेशमा चर्चा पाइसकेका गायक भिटेनले आफ्नो गाउँ सम्झेर चेलीहलाई फुटबल खेल्न सहयोग गर्नु राम्रो काम भएको भन्दै यसले खेलाडीहरूमा पनि सकारात्मक ऊर्जा प्रदान गर्ने बताए । 

अखिल नेपाल फुटबल संघ प्रदेश २ का लिग संयोजक नेपाल कार्कीले जतिसुकै चर्चा र नाम कमाए पनि जन्म भूमीलाई नबिर्सिएको र केही सहयोग गर्न लागि परेको भन्दै भिटेनको प्रसंशा गरेका थियो । 

कार्यक्रम पछि भिटेन स्थानीय खेलाडीसँग केहीबेर फुटबल म्याच खेलका थिए । सो खेलमा उनले १ गोल गर्दै आफ्नो टिमलाई ३–० ले विजयी गराएका थिए । भिटेन आउने थाहा पाएपछि कार्यक्रमस्थलमा ठूलो संख्यामा उनका फ्यानहरू जम्मा भएका थिए । केही समयमा आफ्ना फ्यानहरूलाई अटोग्राफ दिन र फोटो खिच्न व्यस्त भएका थिए ।


Views: 376