19th November | 2019 | Tuesday | 12:48:58 PM

साउथ इण्डियन फिल्ममा देखिँदै ऐश्वर्य

एजेन्सी   POSTED ON : कार्तिक १, २०७६ (१०:२८ AM)

साउथ इण्डियन फिल्ममा देखिँदै ऐश्वर्य

मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्य राय बच्चन पछिल्लो समय चलचित्रमा निकै कम देखिन्छ । सन् २००७ सालमा अभिनेता अभिषेक बच्चनसँग विवाह गरेपछि उनले चलचित्रको यात्रा विस्तारै अगाडि बढाइन् । 

विवाह गरेको लामो अन्तरालपछि उनले चलचित्र ‘फन्ने खा’मार्फत बलिउडमा कमब्याक गरिन् तर त्यो चलचित्र सफल हुन सकेन । पछिल्लो फिल्म फ्लप भएपछि उनी फेरि एकपटक साउथ इण्डियन फिल्ममा देखिने भएकी छन् । उनी मणिरत्नमले निर्माण गर्न लागेको साउथ इण्डियन फिल्ममा देखिने भएकी हुन् ।

फिल्ममा ऐश्वर्यको डब्बल रोल रहने बताइएको छ । चलचित्रमा ऐश्वर्यसँगै अभिनेता अमिताभ बच्चनको अभिनय रहने चर्चा छ । यसअघि ऐश्वर्य र अमिताभले २००८ मा प्रदर्शनमा आएको चलचित्र ‘सरकार राज’मा एकसाथ अभिनय गरेका थिए । 

उनले यो चलचित्रग कन्ट्र्याक्ट साइन गरिसकेको आजतकले उल्लेख गरेको छ । चलचित्रको नाम भन्ने अझै घोषणा भएको छैन ।


Views: 97

सम्बन्धित सामग्री:

अनमोललाई छैन डर

हिमालय टाइम्स : मंसिर २, २०७६ (९:५८ AM)