19th November | 2019 | Tuesday | 12:56:21 PM

हिजो आजका कुरा नाममा फिल्म

  POSTED ON : कार्तिक ३, २०७६ (५:३४ PM)

हिजो आजका कुरा नाममा फिल्म

काठमाडौं (हिटा) । नेपाली टेलिसिरियल ‘हिजो आजका कुरा’ बाट थुप्रै कलाकार जन्माएका सन्तोष पन्तले चलचित्र निर्माण गर्ने भएका छन् । १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रसारण भइ हाल बन्द भएको सिरियल ‘हिजो आजका कुरा’ नामबाटै उनले चलचित्र बनाउने भएका हुन् । 

चलचित्र सन्तोषकै छोरा साकार पन्तले निर्देशन गर्ने बताइएको छ । साकारले एकसमय नेपाल टेलिभिजनबाट केही भाग प्रसारण भएको ‘हस्पिटल’ सिरियल पनि निर्देशन गरेका थिए । उक्त सिरियल बन्द भइसकेको छ ।

विदेशसँग सम्बन्ध राख्ने ४ परिवारको कथा चलचित्रमा देखाइने बताइएको छ । पन्त फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा हास्य सिरियल ‘हिजो आजका कुरा’को मुख्य जोडी सन्तोष पन्त र रमा थपलिया नै मुख्य भूमिकामा देखिदैछन् । उनीहरूको साथमा चलचित्रमा नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, विनायक कुँइकेल, अनुष्का अधिकारीलाई देख्न सकिनेछ ।

कात्तिकको तेस्रो साताबाट छायांकन सुरु हुने भनिएको यो चलचित्रमा सन्तोष पन्त र साकार पन्तको कथा, सन्दीप किस्नाको लेखन, रवि सायमीको छायांकन, हक्र्युलिस बस्नेतको गीत तथा संगीत रहनेछ । 


Views: 140

सम्बन्धित सामग्री:

अनमोललाई छैन डर

हिमालय टाइम्स : मंसिर २, २०७६ (९:५८ AM)