17th February | 2020 | Monday | 12:05:58 PM

यस्तो छ सलमानको दबंग ३ को ट्रेलर

हिमालय टाइम्स   POSTED ON : कार्तिक ७, २०७६ (१०:१३ AM)

यस्तो छ सलमानको दबंग ३ को ट्रेलर

मुम्बई । बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘दबंग ३’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार मुम्बईमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स र द्वन्द्वले भरिपूर्ण छ । चलचित्रमा सोनाक्षी सिन्हा, रज्जोको रूपमा फर्किएकी छन् ।  यसपटक चलचित्रमा सई मान्जरेकर पनि देखिनेछिन् । सईले सलमानको लभ इन्ट्रेस्टको रोल निभाएकी छन् । 

चलचित्रमा विनोद खन्नाका भाई प्रमोद खन्ना सलमान उर्फ फिल्मका चुलबुल पाण्डेको पिताको भूमिकामा देखिनेछन् । त्यस्तै, भिलेनको रोलमा साउथका सुपरस्टार सुदीप किच्चा छन् । प्रभु देवाले निर्देशन गरेको चलचित्र आउँदो २० डिसेम्बरमा प्रदर्शनमा आउँदै छ । चलचित्र अरबाज खानले निर्माण गरेका हुन् । यसपटक चलचित्रको ट्रेलरमा सलमानको डाइलग अघिल्ला दुई फिल्मभन्दा दमदार देखिएको छ । 

ट्रेलरमा सलमानले दमदार डाइलग बोलेका छन्, ‘एक हुन्छ पुलिसवाला, एक हुन्छ गुण्डा, मलाई भनिन्छ पुलिसवाला गुण्डा ।’ उनले बोलेको अर्को वजनदार डाइलग छ, ‘कोही दबंग जन्मिँदैन, त्यसको पछाडि एक कहानी अवश्य हुन्छ ।’ चलचित्रको कथा सलमान स्वयंले लेखेका हुन् ।


Views: 675

सम्बन्धित सामग्री:

निर्देशक झाको अनुभव

हिमालय टाइम्स : फाल्गुन ५, २०७६ (१०:४६ AM)

अभिनेत्री रिश्माले गरिन् बिहे

: फाल्गुन ४, २०७६ (४:२४ PM)