20th January | 2020 | Monday | 1:18:08 AM

लता आइसीयूमा भर्ना

हिमालय टाइम्स   POSTED ON : कार्तिक २७, २०७६ (१०:०५ AM)

लता आइसीयूमा भर्ना

मुम्बई । ‘भारत कोकिला’ लता मंगेशकरलाई श्वासप्रश्वास तथा छातिमा रगत जम्मा हुने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । मंगेशकरलाई सोमबार मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालको आइसीयूमा भर्ना गरिएको हो । 

अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको उनको टिमले जारी गरेको विज्ञप्तिमा भनिएको छ । फ्यानहरूले ट्वीटरमा मंगेशकरको बारेमा लगातार ट्वीट गरिरहेका छन् र स्वास्थ्य लाभको कामना गरिहेका छन् । डाक्टरले टाइम्स अफ इण्डियालाई उद्धृत गर्दै भनेका छन् कि लताको अवस्था नाजुक र उनलाई भेन्टिलेटरमा राखिएको छ ।

मोदी सरकारले लतालाई ‘राष्ट्रिय छोरी’को उपाधि प्रदान गर्ने भनिरहँदा गोपिनीयताका कारण उनको अवस्थाको सम्पूर्ण जानकारी भने दिइएको छैन । यद्यपि लत परिवारले भने उनको अवस्था ठीक रहेको जानकारी दिएको भनिएको छ, लता छिट्टै घर फर्किनेछिन् । भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिकाको रूपमा प्रख्यात मंगेशकरले दादासाहेब फाल्के पुरस्कार, भारतको सर्वोच्च नागरिक पुरस्कार, साथै धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार पाइसकेकी छन् । ९० वर्ष पुगिसकेकी मंगेशकरले दुई हजार बढी चलचित्रका गीतमा स्वर दिएकी छन् भने उनले लोकप्रिय गायक रामकृष्ण ढकालसँग गाएको नेपाली गीत ‘बाचुञ्जेलीलाई’ हिट गीत हो ।


Views: 83