8th December | 2019 | Sunday | 8:47:44 AM

अनमोललाई छैन डर

हिमालय टाइम्स   POSTED ON : मंसिर २, २०७६ (९:५८ AM)

अनमोललाई छैन डर

काठमाडौं । युवास्टार अनमोल केसीले काम गरेका अधिकांश चलचित्र हिट छन् । तर केही चलचित्रमा राम्रो काम गर्दा गर्दै पनि चलचित्र असफल पनि भएका छन् । केही चलचित्र असफल हुँदा अनमोलले आगामी चलचित्रमा काम गर्दा निकै ध्यान दिनुपर्ने देखिएको थियो । 

महँगो पारिश्रमिक लिएर अनुबन्धित भएका समाचार आइरहदा अनमोललाई चलचित्र कस्तो होला भन्ने डर चाँही पक्कै थियो । पछिल्लो समय वर्षमा केही चलचित्रले मात्र राम्रो ब्यापार गरिरहेका बेला कतै मैले काम गर्ने चलचित्रले पनि बक्स अफिसमा कमाल गर्न नसक्ने होकी भन्ने डर अनमोलको मनमा पक्कै परिरहेको थियो ।

केही समयअघि चलचित्र धुपौरेमा काम गर्ने पक्का भएको थियो तर चलचित्रको कथा मन नपरेर चलचित्र छाडे । अनमोलले अहिले सम्म काम गरेका चलचित्रमा नायिका नयाँ नै राख्ने गर्दथे । तर यसपटक भने नायिका र टिमसँग दोहोराएर काम गर्ने भएका छन् । गतवर्ष अनमोलले काम गरेको चलचित्र ‘ए मेरो हजुर ३’ले बक्स अफिसमा निकै राम्रो ग¥यो । 

अनमोल र निर्देशक तथा कलाकार झरना थापाकी छोरी सुहाना थापासँगको जोडीलाई दर्शकले निकै मन पराए । ए मेरो हजुरको चौथो सिरिजमा अनमोल र सुहाना नै होलान कि नहोलान् भन्ने जिज्ञासालाई अनमोलले मेटाएका छन् । फेरि एक पटकसोहि टिमसँग काम गर्ने पक्का भएको छ । अब यो चौथो सिरिजका लागि अनमोललाई त्यति डर भने पक्कै छैन । किनकी दर्शकले मन पराएको चलचित्र ब्राण्ड त्यसमाथि पनि गतवर्ष अत्यधिक मन पराइएको सुहाना र अनमोलको जोडी, यसअर्थमा पनि चलचित्र सफल हुन्छ भन्ने अनुमान मज्जैले गर्न सकिन्छ । 

सुनिलकुमार थापाले निर्माण गर्ने ए मेरो हजुर चारलाई झरना थापाले नै निर्देशन गर्दैछिन् । माघ २० गतेबाट छायांकन सुरु हुने यो चलचित्रको प्रदर्शन आउँदो दशैँम गर्ने तयारी भइरहेको छ । 

अनमोलले ‘ए मेरो हजुर ४’ पछि होम प्रोडक्सनको ‘एन्टी हिरो’मा काम गर्नेछन् । ‘ए मेरो हजुर ४’मा लभर ब्वाईको रूपमा प्रस्तुत हुन लागेका उनी ‘एन्टी हिरो’मा दोस्रो पटक एक्सन गर्दै देखिनेछन् । यसअघि उनलाई फिल्म ‘कृ’मा एक्सन अवतारमा देखिएको थियो । ‘एन्टी हिरो’ का लागि अहिले निर्माण टिम अभिनेत्रीको खोजीमा छ । 


Views: 70

सम्बन्धित सामग्री:

ऋतिकको भावुक स्टाटस

एजेन्सी : मंसिर १९, २०७६ (१०:३८ AM)