काठमाडौं । गायक प्रताप दासको सुमधुर आवाजमा रहेको बिल्कुलै नयाँ गीत हिमाल हौ तिमिको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मदन दुलालको शब्द रचना अनि प्रकाश नेपालीको संगीत रहेको यस गीतमा मानसी किरणको संगीत संयोजन रहेको छ । आकर्षण लोकेशनमा तयार गरिएको यस गीतको म्युजिक भिडियोमा निकै नै चर्चित मोडल अन्जली अधिकारीको साथमा कलाकार तथा मोडल राज खड्काको अभिनय रहेको छ ।
खड्काले यस अघि एकल र सोलो गरेर तिन दर्जन भन्दा बढी गितमा संगित भरिसकेका छन् भने एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरेका छन् । पछिल्ला केहि बर्ष देखी आफूलाई अभिनयमा पनि बेस्त राखेका छन् ।
राज खड्का यस गीतको म्युजिक भिडियो निर्देशन पनि हुन् । अन्जुली इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई मधुर बस्नेतले छाँयाङकन अनि राजिव समरले कोरियोग्राफी र सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।
यस भिडियोलाई हृयाम्स इन्टरटेन्टमेन्टबाट आईतबार सार्वजनिक गरिएको हो ।
Views: 179