8th December | 2019 | Sunday | 7:57:48 AM

सौन्दर्य पारखीको रोजाइमा रिना

हिमालय टाइम्स   POSTED ON : मंसिर ११, २०७६ (४:१८ PM)

सौन्दर्य पारखीको रोजाइमा रिना

काठमाडौं । सौन्दर्य क्षेत्रमा आफूलाई अब्बल रूपमा प्रस्तुत गरेकी छन् रिना शाक्यले । सुन्दर हुन सबैलाई मन पर्छ । सुन्दर अनुहार, सुहाउँदो पहिरन र जिउडालमा सजिने रहर कसको पो नहोला र ? संसारका हरेक मान्छे सुन्दर बन्न वा देखिन चाहन्छन् । 

आफूलाई तुलनात्मक रूपमा राम्रो एवं आकर्षक देखाउन चाहन्छन् । तर सुन्दर कसरी हुने ? भन्ने बारेमा धेरैलाई ज्ञान छैन् । यसैले गर्दा त सौन्दर्य कला मानव जीवनका लागि अपरिहार्य जस्तै भएको छ यतिबेला । 

सौन्दर्य क्षेत्रमा लागेको रिना बताउँछिन् । सौन्दर्य कलासम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रशिक्षण लिएकी रिना यतिबेला वरिष्ठ व्युटिसीयन तथा मेकअप आर्टिष्टका रूपमा आफ्ना क्रियसनहरू पस्किरहेकी छन् सौन्दर्य पारखीहरूका माझ । आफू कसैमा निर्भर नभई स्वावलम्बी, आत्मनिर्भर, क्षमतावान् हुनुपर्छ भन्ने सोच बोकेकी वरिष्ठ व्युटिसीयन रिना शाक्यको सौन्दर्य, शृंगारको क्षेत्रमा छुट्टै पहिचान छ । 

अहोरात्र आफ्नो पेशामा सक्रिय लागिपरेकी शाक्य जीवनमा अगाडि बढ्नलाई हातमा सीप हुनुपर्ने र त्यत्तिकै आत्मबल, इच्छाशक्तिको आवश्यकता पर्ने बताउँछिन् । आफ्नो क्षमता, इच्छा र लक्ष्यलाई यसै माध्यमबाट पूरा गर्नुपर्छ भन्ने सोची यस क्षेत्रमा लागिपरेको पनि दुई दशक बढी समय बितिसकेको छ । २०६२ सालदेखि ठमेल ज्याठाचोकमा ग्लामर ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको स्थापना गरी यसै क्षेत्रमा सक्रिय छिन् । सौन्दर्य कला व्यवसाय संघकी आजीवन सदस्य, अल नेपाल ब्युटी एसोसिएसनकी आजीवन सदस्यलगायत सौन्दर्यसम्बन्धी विभिन्न संघसंस्थामा आबद्ध छिन् ।

देश–विदेशमा हुने विभिन्न सभासम्मेलन, प्रतियोगितामा भाग लिएर आफ्नो कला प्रदर्शन गर्दै उल्लेख्य सम्मान, अभिनन्दन तथा पुरस्कार हात पार्न सफल छन् उनी । व्यवसाय र अन्य काम विशेषले अमेरिका, थाइल्याण्ड, चीन, भारतलगायत देशको भ्रमण गरिसकेकी उनी अमेरिकामा रहँदा आफूले जानेको सीप अरूलाई सिकाउने र आफूले नजानेको सिक्ने गरेको बताउँछिन् । 

फलस्वरूप अमेरिकाको अनुभवलाई उनले नेपालका आर्थिक अवस्था कमजोर भएका दिदीबहिनीलाई विभिन्न संघसंस्थाको माध्यमबाट प्रशिक्षण दिँदै आइरहेकी छन्, जसबाट देश–विदेश रोजगारी गर्न चाहनेका लागि मार्ग प्रशस्त गर्दै सम्भावनाका ढोकाहरू खोलिदिएकी छन् । रिना आफ्नो पेशाबाहेक सामाजिक संस्थामा पनि आबद्ध छिन् । 



Views: 90

सम्बन्धित सामग्री:

ऋतिकको भावुक स्टाटस

एजेन्सी : मंसिर १९, २०७६ (१०:३८ AM)