13th December | 2019 | Friday | 4:16:45 PM

डुबेर ज्यान गुमाएका विधार्थीको सम्झनामा लोकगीत

चिसाङ शेर्पा   POSTED ON : मंसिर ११, २०७६ (५:५९ PM)

डुबेर ज्यान गुमाएका विधार्थीको सम्झनामा लोकगीत

खोटाङ । खोलामा डुबेर ज्यान गुमाएका विधार्थीद्धयको सम्झनामा लोकगीत सार्वजनिक भएको छ । १८ जेठमा साप्सुखोलामा अवस्थित मेवाखोला हाईड्रोपावरमा शैक्षिक भ्रमण जाँदा पौडी खेल्दा ज्यान गुमाएकाको सम्झनामा ‘बस्छु सधै रोई’ लोकगीत मंगलबार युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।

दिक्तेल टेक्निकल ईन्स्टिच्युटमा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षीय एलिस वस्नेत र खाल्लेकै अन्दाजी १९ वर्षीय विक्रम भट्टराईको सम्झनामा खाल्लेका लोक गायक हर्क गदाल र शान्तीश्री परियारको आवाजमा उक्त गीत बजारमा आएको गायक गदालले जानकारी दिए ।

लोक गायक गदालको शब्द, संकलन र संगीत रहेको करीव १५ मिनेटको गीतले मानिस भएर जन्मेपछि एक दिन अवश्य मर्नु नै पर्छ, ढिलोचाँडो मात्रै हो भन्न खोजिएको छ । गीतको म्युजिक भिडियोमा गायक गादल, टिका जैसी लगायतले अभिनय गरेका छन् ।


Views: 95