13th December | 2019 | Friday | 4:01:26 PM

अमेरिकामा अनमोललाई अवार्ड

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७६ (११:३८ AM)

अमेरिकामा अनमोललाई अवार्ड

काठमाडौं । युवास्टार अनमोल केसीले अमेरिकामा सम्पन्न ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘स्टार अफ दि इयर’को अवार्ड जितेका छन् । अवार्डमा नायक राजेश हमाल, भुवन केसी, अनमोल केसी, नायिकाहरू नम्रता श्रेष्ठ, वर्षा राउत, स्वेता खड्का, दीपिका प्रसाईंलगायत अमेरिकामा पुगेका छन् । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हरेक वर्ष अमेरिकामा आयोजना हुँदै आएको छ । नेपाली चलचित्रका नाममा आयोजना हुने अवार्डको पछिल्लो समयमा क्रेज खस्कँदै गएको छ । केही समयअघि जापानमा आयोजित ‘सूर्य इन्टरनेशनल अवार्ड’मा अनमोल वेष्ट अभिनेता बनेका थिए ।


Views: 64