3rd June | 2020 | Wednesday | 9:51:54 AM

सुदीपलाई सलमानको डेढ करोडको कार उपहार

हिमालय टाइम्स   POSTED ON : पुष २४, २०७६ (१०:४९ AM)

सुदीपलाई सलमानको डेढ करोडको कार उपहार

मुम्बई । अभिनेता सलमान खानले साउथ सुपरस्टार तथा चलचित्र दबंग ३’ का खलनायक किच्चा सुदीपलाई डेढ करोड पर्ने कार उपहार दिएका छन् । बक्सअफिसमा १ सय ५० करोडभन्दा बढीको व्यापार गरिसकेको यो चलचित्रका खलनायक सुदीपका लागि सलमान उपहार लिएर सुदीपको घरमै पुगेका थिए ।

सुदीपले इन्स्टाग्राममा पोष्ट गर्दै सलमानलाई धन्यवाद भनेका छन् । ‘यदि तपाईं राम्रो काम गर्नुहुन्छ भने तपाईंसँग सधैं राम्रो हुन्छ । सलमान सरले मलाई यो लाइनमा भरोसा गरेर जिउन सिकाउनुभयो,’ उनले लेखेका छन्, ‘सलमान सर मेरो घर उपहारसहित आउनुभएको थियो । बिएमडब्लु, एमफाइब, एउटा प्यारो उपहार । मलाई र मेरो परिवारलाई प्रेम दिनुभएकोमा तपाईंलाई धन्यवाद । तपाईंसँग काम गर्न र मेरो घरमा आउनु मेरा लागि सौभाग्यको कुरा हो ।’ किच्चा सुदीप आफू सलमान खानको निकै ठूलो फ्यान रहेको बताउँछन् । उनी सलमानलाई निकै आदर गर्ने गर्छन् । 

सलमानको ‘दबंग ३’ र ‘गुड न्यूज’ एक हप्ताको अन्तरमा प्रदर्शन भएका थिए । पपुलारिटीदेखि कमाइसम्म ‘गुड न्यूज’ ‘दबंग ३’ माथि भारी परेको छ । फिल्मको प्रचारमासमेत सलमानले मिहिनेत गरेका थिए । ‘वर्ड अफ माउथ’ कमजोर हुँदा फिल्मले बक्सअफिसमा ठूलो कमाइ गर्न सकेन । यद्यपि, फिल्मले लगानी भने सुरक्षित गरेको छ । फिल्मका निर्देशक प्रभु देवा हुन् ।


Views: 197