3rd June | 2020 | Wednesday | 7:44:40 AM

वर्षाको ‘सिउँदो’ सार्बजनिक

रमेश सुनार   POSTED ON : पुष २७, २०७६ (३:५९ PM)

वर्षाको ‘सिउँदो’ सार्बजनिक

कालिकोट । कर्णाली प्रदेशमा चर्चित अभिनेत्रीका रुपमा परिचित बनाएकी वर्षा भण्डाराको म्युजिक भिडियो ‘सिउँदो’ सार्बजनिक भएको छ । 

कर्णाली प्रदेशको विकट जिल्ला कालिकोट विपन्न परिवारमा जन्मीएकी  भण्डाराको अभिनय तथा शब्दसमेत रहेको “सिउँदोमा सिन्दुर भरेर लग्यौ, अलपत्र पारी छोडेर गयौ” वोलको म्युजिक भिडियोमा शुक्रबार सार्बजनिक भएको छ । उक्त म्यूजिक भिडियोमा बर्षा, चेतन बोहरा, ऋतु देउवा लगायतले अभिनय छ । 

लोकप्रिय गायिका शान्तिश्री परियारको आवाजमा रहेको गीतको भिडियो  एरेन्ज कमल सौराग, लय राजकुमार बगर, निर्देशन दीपक साउद र क्यामेरा सम्पादन अमित बिश्वकर्माको रहेको छ ।

भण्डारा समाजको प्रस्तुति उक्त भिडियोमा समाजका गरिव विपन्न परिवारमा घटिरहने  घटनालाई देखाइएको छ ।


Views: 758