19th January | 2020 | Sunday | 7:44:12 AM

किड्डी फेस अफ दि इयरका प्रतिभा अनेक

हिमालय टाइम्स   POSTED ON : पुष २८, २०७६ (१०:४६ AM)

किड्डी फेस अफ दि इयरका प्रतिभा अनेक

काठमाडौं । ‘किड्डी फेस अफ दि इयर २०२०’का ३२ प्रतियोगी बालबालीकाले आफूभित्र रहेको विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको प्रतियोगिताको शनिबार पुरानो बानेस्वरस्थित म्याकडोनला क्याफेमा आयोजित ‘ट्यालेन्ट शो’अन्तर्गत उनीहरूले नृत्य, गायन, अभिनय, बत्तिŒवकला, चित्रकला, योगालगायत विषयमा आआफ्नो प्रतिभा देखाएका हुन् । 

प्रतियोगिताको यो पाँचौं संस्करण हो । यो संस्करणमा ७ बालक र २५ बालिका फाइनल स्पर्धामा भिड्दैछन् । उपत्यकाका विभिन्न १६ स्कुलका करिब १ सय बढी प्रतियोगी सहभागी प्रारम्भिक अडिसनबाट ३२ बालबालिका छानिएका हुन् । प्रतियोगितामा बालिकातर्फ ९ देखि १२ जुनियर र १२ देखि १४ सिनियर भनेर छुट्ट्याएको आयोजक रेडियन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजुले जानकारी दिए ।

ट्यालेन्ट उपाधिका लागि आयोजित ‘ट्यालेन्ट शो’मा निलिमा मास्के श्रेष्ठ (गीतकार) गुण केसरी ताम्राकार अन्तर्राष्ट्रिय मेकअप आर्टिस, श्याम खड्का (रंगमञ्च कलाकार), मन्दिरा बज्राचार्य (नृत्य निर्देशक)लगायत निर्णायक रहेका थिए ।

प्रतियोगिताको अनितम प्रतिस्पर्धा आगामी माघ ४ गते राष्ट्रिय नाँचघर जमलमा आयोजना हुँदैछ । प्रतिस्पर्धामा बालबालिका बिभिन्न आकर्षक पहिरनसहित ¥याम्प प्रस्तसत हुनेछन् । जसको पहिरन डिजाइन श्रीषा बैदार फैजुले तयार पार्नेछिन् । 

व्यक्तिŒव विकास, डान्स, सञ्चारकला, विभिन्न टपिसमा गु्रमिङ क्लास, क्याटवाक, सेल्फ डिभाइनलगायत दर्जन बढी विषयमा अनुभवी प्रशिक्षकको प्रशिक्षणसहित प्रतियोगिता अन्तिम स्पर्धामा उत्रिनेछन् ।

प्रतियोगितामा शीर्ष उपाधिका अलवा विभिन्न दर्जन उपशिर्षकमा विजेता छानिनेछ । बालबालिकाको व्यक्तिŒव विकास, क्षेमता अभिवृद्धि गर्दै उज्ज्वल भविश्य निर्माणका लागि उनीहरूलाई सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो ।


Views: 61