29th February | 2020 | Saturday | 7:02:59 AM

अनिलको भ्यालेण्टाइन लिक्युइडमा

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १, २०७६ (१०:०६ AM)

अनिलको भ्यालेण्टाइन लिक्युइडमा

काठमाडौं । भ्यालेण्टाइन डेको अवसर पारेर यही १४ फेबु्रवरी अर्थात् फागुन २ गते काठमाडौंका दरबारमार्गस्थित लिक्युइड लाउञ्ज एण्ड बारमा लोकप्रिय गायक अनिल सिंहले आफ्नो रोमान्टिक गीत प्रस्तुत गर्ने भएका छन् । दरबारमार्थस्थित उडल्याण्ड कम्प्लेक्समा रहेको लिक्युइड लाउञ्जमा लिक्युइड ब्याण्डकै संगीतकर्मीको साथमा गायक अनिल सिंहले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्न लागेका हुन् ।

‘भ्यालेण्टाइन्स स्पेशल ः फिचरिङ अनिल सिंह’ शीर्षक राखिएको भ्यालेण्टाइन विशेष उक्त सांगीतिक कार्यक्रमको तयारीका लागि गायक सिंह पछिल्लो एक सातादेखि ब्याण्डका संगीतकर्मीसँग नियमित अभ्यास गरिरहेका छन् । लाउञ्जमा भेला हुने रोमाण्टिक जोडीलाई मनोरञ्जन गराउने उद्देश्यले आयोजना लागिएको उक्त सांगीतिक कार्यक्रम भ्यालेण्टाइन डे अर्थात् यही शुक्रबार राति ८ बजेपछि प्रारम्भ हुनेछ । कार्यक्रममा गायक सिंहले एक दर्जन बढी लोकप्रिय गीत प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा गायिका सोना अमात्यले गायक सिंहलाई ‘किङ एण्ड क्विन...’ तथा ‘प्रेम कथा...’ शीर्षकका युगल गीतमा साथ दिनेछिन् । यी दुई गीतको ओरिजिनल भर्सनमा गायक सिंहलाई अभिनेत्री रेखा थापा तथा पूजा शर्माले युगल गायनमा साथ दिएका छन् । 

लिक्युइड ब्याण्डमा भने सोमिक मोक्तान (लिड गिटारिष्ट), पंकज झा (बास गिटारिष्ट), नील घतानी (किबोर्डिष्ट), किरण गौतम (ड्रमरं) तथा प्रवीण सिंह ठकुरी (प्याडिष्ट) आबद्ध छन् ।


Views: 57