29th February | 2020 | Saturday | 6:01:40 AM

भिडियोमा मुन्नी र नाजिरको जोडी

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २, २०७६ (११:४९ AM)

भिडियोमा मुन्नी र नाजिरको जोडी

काठमाडौं । ‘मुन्नी’ अर्थात् प्रियना आचार्य र लोकप्रिय कलाकार नाजिर हुसेनको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उनीहरूले अभिनय गरेको ‘रेल गाडी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । 

गीतको भिडियो बिहीबार मायालु इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । पछिल्लो समय हिट गित दिन सफल समीर आचार्य र सुरेखा क्षेत्रीको आवाजमा रहेको गीतमा सन्तोष सुनारको शब्द संगीत छ । ‘सक्किगोनी’ का शृंखला निर्देशक एवं कलाकार दीपक आचार्य काकुको निर्देशनमा बनेको गीतको भिडियोमा प्रियाना र नाजिरका साथै गायक समिरको पनि अभिनय छ । सागर मगरको कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारी र टिमको सिनेम्याटोग्राफी रहेको छ । गीतको भिडियोलाई चन्दन दत्तको सम्पादन छ ।


Views: 54