10th April | 2020 | Friday | 5:09:12 PM

निर्देशक झाको अनुभव

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ५, २०७६ (१०:४६ AM)

निर्देशक झाको अनुभव

काठमाडौं । प्रकाश झाले डकुमेण्ट्री मेकरको रूपमा सन् १९७५ मा डेब्यु गरे । उनको पहिलो डकुमेन्ट्री सेन्सर भएको डेट त्यही हो । विहारमा हुर्किएका झा बलिउडका राम्रा निर्देशकमा पर्छन् । उनले निर्देशन गर्ने फिल्म र त्यसमा उठाइने इस्यु उनके एक वर्गको दर्शकलाई आफ्नो फ्यान बनाएका छन् । नेपाल–भारत बोर्डर नजिक हुर्किएका झा यतिबेला नेपालमा छन् । बोर्डर छेउमा हुर्किए पनि उनले काठमाडांै आउने मौका भने बल्ल पाएका छन् । 

नेपाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलको तेस्रो संस्करणमा फिचर फिल्मतर्फको जुरी हेड रहेका निर्देशक झाले नेपालको बसाइका क्रममा अनुभव साटेका छन् । पत्रकारसँगै डकुमेण्ट्री मेकर रहेका शेखर खरेलले सहजीकरण गरेको सेसनमा प्रकाश झाको कुरा सुन्न हलमा भरिभराउ थिए । फिल्मकर्मी र मिडियाकर्मीको उपस्थितिमा चलेको छलफलमा झाले दर्शकले बुझ्ने भाषामा फिल्म बनाउन आग्रह गरेका छन् । ‘हामीले भन्ने कथावस्तुलाई दर्शकले बुझ्ने भाषामार्फत हलसम्म पु¥याउनुपर्छ’, उनले भने । उनले आफ्नै फिल्म ‘दामुल’ को एक किस्सा शेयर गर्दै व्यावसायिक जोखिम कम गर्दै कलात्मक फिल्म बनाउन आग्रह गरेका छन् । 

नेशनल अवार्डसमेत जितिसकेका प्रकाशलाई घरमै काम गर्ने ललिता बाइले ‘अर्को पटक फिल्म बनाउनु’ भनेपछि उनले आर्टलाई कमर्सियल भ्यालुसँग मिक्स गरेको बताए । ‘फिल्म भनेको व्यवसाय हो त्यसैले हलसम्म आउने दर्शक तपाईंको कामबाट सन्तुष्ट हुनुपर्छ’, झाले भने, ‘हामीले कलात्मक अभिव्यक्तिका लागि फिल्म बनाउने गरेका छौं भन्छौं भने हामी झुट बोलिरहेका छौं ।’ उनले व्यासायिक फिल्म बनाउनुगलत नभएको बताए । 

पछिल्लो समय एक वेब सिरिजको छायांकन सकेका झाले आउँदो एक÷दुई वर्षभित्रमा ‘जनादेश’ नामक फिल्म दर्शकसामु ल्याउने बताए ।


Views: 69