8th April | 2020 | Wednesday | 10:03:40 AM

गायिका कनिका कोरोना संक्रमित

एजेन्सी   POSTED ON : चैत्र १०, २०७६ (१०:४५ AM)

गायिका कनिका कोरोना संक्रमित

मुम्बई । भारतीय चर्चित गायिका कनिका कपुरमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । विशेषगरी ‘बेबी डल’ र ‘चिटियाँ कलैयाँ रे’ गीतबाट चिनिने गायिका कपुरलाई शुक्रबार कोरोनाभाइरसको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यामले लेखेका छन् । उनलाई लखनउस्थित किङ जोर्जस् मेडिकल युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको छ । लण्डनमा रहेकी ४१ वर्षीया कपुर मार्च १५ तारिखका दिन भारत आएकी थिइन् । इण्डिया टुडेका अनुसार उनले भारत फर्केर आफ्ना परिवार तथा साथीभाइलाई पाँच तारे होटलमा पाटी दिनु भएको थियो । त्यस पार्टीमा सरकारी कर्मचारी, राजनीतिज्ञलगायत पनि सहभागी भएको जनाइएको छ ।

कनिकाका बुबा राजीव कपुरले आजतकसँग कुराकानी गर्दै कनिका भारत फर्केर तीन पाटीहरूमा सहभागी भएको बताएका थिए । कनिकालाई कोरोना देखिएसँगै उनका परिवारका छ सदस्यले पनि कोरोना संक्रमणको परीक्षण गराउन लागेका छन् ।


Views: 178