8th July | 2020 | Wednesday | 6:18:43 AM

८३ र सौर्यवंशीको रिलिज घोषणा

एजेन्सी   POSTED ON : असार १७, २०७७ (११:४५ AM)

८३ र सौर्यवंशीको रिलिज घोषणा

एजेन्सी । यतिबेला विश्वमै निर्माण भएर तयार भएका चलचित्रहरूले रिलिज मिति तय गर्न नसकेको अवस्थामा भारतका दुई चलचित्रले पनि रिलिज मिति घोषणा गरेका छन् । महाराष्ट्र सरकारले चलचित्र र टिभी शृंखला छायांकन गर्न अनुमति दिए हलहरू कहिलेदेखि खुल्ने भन्ने कुरा अन्यौल छ । यसका बाबजुद पनि सिनेमा चेनले चलचित्र ‘८३’ र ‘सौर्यवंशी’ हलमा फेष्टिबल रिलिज गर्ने घोषणा गरेका हुन् । 

एकपछि अर्को गर्दै धमाधम चलचित्रहरू अनलाइनमार्फ् रिलिज हुन थालेपछि हलहरूले यस्तो निर्णय गरेका हुन् । सोमबारमात्रै अनलाइन प्लेटफर्म डिज्नी प्लस हटष्टारले सातवटा बलिउड चलचित्र रिलिज गर्ने घोषणा गरेपछि हल व्यवसायीले पनि यस्तो घोषणा गरेका हुन् । 

सिनेमा चेन पिभिआर, आइएनओएक्स, वेब सिनेमाज र कार्निभल सिनेमाजले रोहिट शेट्टी र कविर खान निर्देशित ‘सौर्यवंशी’ र स्पोर्टस् ड्रामा ‘८३’ हलमा रिलिज गर्ने घोषणा गरेको हो । सिनेमा चेनले चलचित्र ‘सौर्यवंशी’ दीपावली र ‘८३’ क्रिसमसमा रिलिज गर्ने तय गरेको हो । 

चलचित्र ‘८३’ १९८३ मा कपिल देवको क्यापटेनसिपअन्तर्गत भारतले पहिलो क्रिकेटमा वर्ल्ड कप जितेको इतिहासबारेमा छ । चलचित्रमा रणवीर सिंह, दीपिका पादुकोण, हार्डी सन्धु, ताहिर भसिन, साकिब सलिमलगायत कलाकारको अभिनय छ । 


Views: 48