Date:2017/11/23 |Thursday

बुटवललाई स्वास्थ्य हवको रुपमा विकास गरिने

Posted on: July 17, 2017 | views: 101 | चन्द्रकान्त खनाल

बुटवल । चाँदबारी चोकमा स्थापना भएको सेन्ट्रलल्याबको सोमबार उद्घाटन गरिएको छ । ल्यावको बुटवल उप–महानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे । सो अवसरमा प्रमुख सुवेदीलाई बुटवललाई स्वास्थ्यको हवको रुपमा समेत विकास गरिने बताए । उनले ल्यावहरुले विश्वसनिय र गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए । 

ल्यावका प्रवन्ध सञ्चालक विक्रम अर्यालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट स्वीकृत लिएर बुटवलमैं पहिलो पटक एम.डी. वायोक्यामेष्ट्रि र एम.डी. प्याथोलोजिष्टद्धारा सम्पूर्ण परीक्षण गर्नेगरी ल्याब सञ्चालनमा ल्याइएको बताए । प्रवन्ध सञ्चालक अर्याल बीएमएलटी, एमएस्सी. एमएलटी (क्लिनिकल बायोकेमेष्ट्रिी) हुन् । 

ल्यावमा आफूसहित एम.डी. वायोक्यामेष्ट्रि,  एम.डी. प्याथोलोजिष्टसहितको दक्ष र अनुभवी प्राविधिक जनशक्तिले सेवा प्रदान गर्ने अर्यालले बताए । ल्याव सञ्चालक समितिका अध्यक्ष कृष्ण अर्यालले गुणस्तरीय र विश्वसनिय सेवा विशेषज्ञ टिमबाट दिन आफूहरु प्रतिबद्ध रहेको प्रष्टाए । 

उद्घाटनको अवसरमा ल्यावले एक महिनाभर सुगर परीक्षण निःशुल्क गरिने जनाएको छ । यस्तै महिलाको पाठेघरको मुखको क्यानसरको जाँच दश दिनसम्म निःशुल्क गरिनुका साथै थाइराईड सम्बन्धी जाँच पनि दश दिनसम्म रु पाँचसयमा गरिने ल्याब सञ्चालकहरुले जनाएका छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं