22nd July | 2018 | Sunday | 8:54:23 AM

डा. केसीलाई अनसन तोड्न तीन दलका शीर्ष नेताको आग्रह

  POSTED ON : Friday, 04 August, 2017 (11:30:17 PM)

डा. केसीलाई अनसन तोड्न तीन दलका शीर्ष नेताको आग्रह

हिमालय टाइम्स काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै ११ औ पटक सत्याग्रह आन्दोलनमा रहेका डा. गोविन्द केसीलाई आमरण अनसन तोड्न सरकारले आग्रह गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सिंहदरबारमा आज बसेको शीर्ष नेता सहित सरोकारवाला निकायको बैठकपछि सरकारले आमरण अनसन तोड्न डा केसीलाई आग्रह गर्ने निर्णय गरेको हो ।

तीन दलका शीर्ष नेतासँगको लामो छलफलपछि बैठकले माथेमा आयोगको प्रतिवेदनको मर्म अनुसार विधेयक अघि बढाउने भन्दै डा. गोविन्द केसीलाई आमरण अनसन तोड्न आग्रह गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डका साथै संसदीय समिति, स्वास्थ्य मन्त्री लगायतको बैठक बसेको थियो ।