Date:2017/08/22 |Tuesday

डा. केसीको जीवन रक्षाका लागि सरकारी चिकित्सकको हातमा कालोपट्टी

Posted on: August 09, 2017 | views: 54 |

हिमालय टाइम्स काठमाडौं । डा. गोविन्द केसीको मागको विषयमा देशभरका सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुले समर्थन जनाएका छन् ।


डा. केसी चिकित्सा क्षेत्रमा देखिएको विकृतिको सुधारको माग राख्दै ११ औं पटक अनसन बसेका छन् । डा. केसीको ११औं अनसन  १७ दिन भईसक्दा पनि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै देशभर सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले आज बुधबार हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।


अनसनरत डा. गोविन्द केसीको माग र उनको जीवनप्रति सरकार गम्भीर नभएको भन्दै उनीहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।


नेपाल चिकित्सक संघले केसीको जीवन रक्षाका लागि दबाब बढाउने निर्णय गरेसँगै देशभरका चिकित्सकहरुले दबाब बढाउँदै लगेको बताइएको छ ।
साथै संघले माग पूरा नगरेमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनीसमेत मंगलबार दिएको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं