22nd July | 2018 | Sunday | 8:57:13 AM

स्वाइनफ्लुबाट मृत्यु हुनेको संख्या १० पुग्यो

  POSTED ON : Wednesday, 09 August, 2017 (5:57:54 PM)

स्वाइनफ्लुबाट मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी (स्वाइनपफ्लु) का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिएका छन्।

उनले एकजना चिकित्सकलाई सो रोग लागि निकोसमेत भएको जनाउँदै फ्लुले महामारी रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताए ।

मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थालाई रुघारोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आवश्यक सचेतना र नियन्त्रणका लागि सांसद, सञ्चारकर्मी र सबै सरोकारवाला पक्षमा आग्रह गरे । रासस