Date:2017/12/15 |Friday

डा. केसीका माग पुरा गर्न सरकार तयार, अनसन तोड्न आग्रह

Posted on: August 11, 2017 | views: 110 |

काठमाण्डौं । चिकित्सा शिक्षा विधेयक पास हुनुपर्ने अनसनरत डा गोविन्द केसीको मुख्य माग पनि पुरा गर्न सरकार तयार भएको छ ।

आमरण अनसनको १९ दिनपछिसरकारले चिकित्सा शिक्षा विधेयक अघि बढाउन सरोकारवालाहरुलाई निर्देशन दिएको हो ।

अनसनरत प्राध्यापक डा. केसीका प्रतिनिधि, संसदीय समितिका सभापति, शिक्षा र स्वास्थ्य मन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले माथेमा प्रतिवेदनको मर्म नमर्ने गरी चिकित्सा शिक्षा विधेयक पास गर्न निर्देशन दिनुभएको बताईएको छ ।

प्रधानमन्त्री देउवाले डा.केसीका अन्य मागमध्ये चिकित्सा शास्त्र अध्ययन संस्थान (आइएओएम) लाई थप स्वायत्तता र सहायक डिनहरुको पूर्ण नियुक्ति २४ घन्टाभित्र गर्न शिक्षामन्त्रीमार्फत् उपकूलपतिलाई निर्देशनसमेत दिनुभएको छ ।

अहिले तीन बजे बस्ने महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको बैठकले प्रधानमन्त्रीको निर्देशन पालना गरेमा आजै अनसन तोडिने डाक्टर केसीका प्रतिनिधि डाक्टर वाइ पी सिंहले बताउनुभयो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं