Date:2017/09/19 |Tuesday

रुकुममा चार सयभन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचार

Posted on: August 20, 2017 | views: 34 |

रुकुम । रुकुमका विभिन्न ठाउँमा भाइरल ज्वरोको प्रकोप देखापरेको छ। ज्वरोका कारण दैनिक स्वास्थ्य संस्थामा बिरामीको चाप बढिरहेको छ।

अहिलेसम्म जिल्लाभर ४५० भन्दाबढी बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जानकारी दिएको छ।

जिल्लाको आठबिसकोट नगरपालिका– ३ खदीमा एक सातादेखि फैलिएको अज्ञात रोग भनिएको भएपनि त्यो भाइरल ज्वरो नै रहेको खुलेको छ।

काठमाडौँबाट शुक्रबार रोग प्रभावित खदी पुगेको चिकित्सकको टोलीले उक्त रोग भाइरल ज्वरो रहेको पुष्टि गरेको जिल्ला स्वास्थ्य कार्यालय नन्दलाल महतोले जानकारी दिए।

यो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्ने भएपनि स्थानीयले यसमा ध्यान नदिएका कारण भाइरल ज्वरोको प्रकोप फैलिएको चिकित्सकले बताएका छन्। शनिबार साँझसम्म खदीमा मात्र २५० भन्दाबढी भाइरल ज्वरोका बिरामीको उपचार गरिएको छ भने जिल्लाका अन्य विभिन्न स्वास्थ्य संस्थामा २०० भन्दाबढी बिरामीको उपचार भएको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालयमा आएको महतोले बताए।
सबै ठाउँमा समयमै उपचार सुरु गरिएकाले यसले थप रुप लिन नपाएको बताइएको छ। रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं