22nd July | 2018 | Sunday | 12:44:04 PM

प्रहरी अस्पतालमा ‘पोष्ट अपरेटिभ वार्ड’

  POSTED ON : Monday, 21 August, 2017 (6:50:22 PM)

प्रहरी अस्पतालमा ‘पोष्ट अपरेटिभ वार्ड’

काठमाडौँ। नेपाल प्रहरी अस्पतालले सेवा विस्तारका लागि १४ शय्याको ‘पोष्ट अपरेटिभ वार्ड’ स्थापना गरेको छ ।

स्थानीय पानीपोखरीस्थित अस्पतालको प्राङ्गणमा निर्मित उक्त वार्डको सोमबार प्रहरी महानिरीक्षक प्रकाश अर्यालले वार्ड उद्घाटन गर्दै क्षेत्रीय प्रहरी अस्पताललाईसमेत सुविधासम्पन्न बनाउँदै लैजानुपर्ने बताए । अस्पतालले दिने सेवा दर्जा र हैसियतका आधारमा असमान नहुने उनको भनाइ थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक दिनेशचन्द्र पोखरेलले अस्पतालको वार्षिक विनियोजित रकमअन्तर्गत करिब एक करोड ३८ लाख लागतमा वार्ड निर्माण भएको जानकारी दिए । कार्यक्रममा अस्पतालमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार पनि प्रदान गरिएको थियो । रासस