Date:2017/09/19 |Tuesday

पाँचजना डेङ्गुका बिरामी फेला

Posted on: August 26, 2017 | views: 46 |

दाङ । दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेङ्गु रोगका बिरामी फेला परेका हुन् । 

अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको गरिक्षण गर्दा डेङ्गुको संक्रमण फेला परेको अस्पतालका डा सुवोधकुमार शर्माले जानकारी दिए । 

तुलसीपुर–५ र ६ का एक पुरुष र दुई महिला त्यसैगरी शान्तिनगर गाउँपालिकाका र मानपुर–४ मा दुईजना महिलामा डेङ्गु रोग फेला परेको हो । अस्पतालमा भर्ना भएकामध्ये दुईजना महिला उपचारपछि घर फर्केको र दुई महिला र एक पुरुषको अस्पतालमा उपचार भइरहेको डा. शर्माले जानकारी गराए । 

लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । यस अघिपनि जिल्लामा १३ जना डेङँगु रोगका विरामीहरु फेला परेका थिए । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं