20th June | 2018 | Wednesday | 11:16:12 AM

आजैको मितिबाट काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज

  POSTED ON : Wednesday, 06 September, 2017 (5:18:11 PM)

आजैको मितिबाट काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज

हिमालय टाइम्स काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन आजैका मितिबाट खारेज गरेको छ । छानविन समितिको प्रतिवेदन बुझाए लगतै त्रिविले नेशनललाई दिएको अस्थायी सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको ०७१ को आदेशलाई देखाएर त्रिविले साउन १२ मा नेशनललाई अस्थायी सम्बन्धन दिने निर्णय गरेको थियो । तर, चौतर्फी विरोध भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सम्बन्धन स्थगनको निर्णय गरिएको थियो ।

गत शनिबार त्रिविद्वारा गठन गरिएको अनुगमन समितिले आज बुधबार कलेजको अनुगमन गर्दै रिर्पोट बुझाएपछि आजैका मितिबाट उक्त कलेजको सम्बन्धन खारेज गरिएको घोषणा गरेको छ । यसअघि त्रिविले उक्त कलेजलाई दिएको सम्बन्धन स्थगन मात्रै गरेको थियो ।