18th January | 2018 | Thursday | 2:00:52 PM

विरामीको मृत्युपछि ओम अस्पताल तनावग्रस्त

  POSTED ON : 2017-09-13 12:15:28

विरामीको मृत्युपछि ओम अस्पताल तनावग्रस्त

हिमालय टाइम्स । चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा  एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले अस्पतालमा नाराजुलुस लगाएका छन् ।

बुटवल निवासी ४० वर्षीया कमला भट्टराईको नाकको अपरेशनका क्रममा मृत्यु भएपछि तनाव सिर्जना भएको छ।

शल्यक्रिया गरी नाकको बाङ्गगो हाड सोझ्याउन उनी गत शुक्रवार अस्पताल भर्ना भएकी थिइन् । उनलाई बुधबार दिउँसो अस्पतालले मृतक घोषणा गरेको थियो ।

परिवार तथा आफन्तले अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै नाराजुलुस गरेका छन् । उनीहरुले मृत्युको कारण अस्पतालले प्रष्ट पार्ने र दोषीलाई कारवाही गर्नुपर्ने माग राखेका छन् ।

तर अस्पतालले भने कमलाको मृत्यु अस्पतालको लापरवाहीका कारण नभई रगतको संक्रमणका कारण भएको बताएको छ ।