22nd July | 2018 | Sunday | 12:37:28 PM

डाक्टर केसीले १३ औं अनसन सुरु गर्ने

  POSTED ON : Thursday, 05 October, 2017 (11:27:51 AM)

डाक्टर केसीले १३ औं अनसन सुरु गर्ने

हिमालय टाइम्स । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डा. गोविन्द केसीले आफ्नो १३ औं अनसन आजबाट सुरु गर्ने भएका छन्। अनसन अपरान्ह साढे चार बजेबाट सुरू गर्ने जानकारी प्राप्त भएको छ ।

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको भन्दै डा. केसीले असोज ९ गतेदेखि आमरण अनसन थालेका थिए । तर, दुई दिनपछि दशैंभरका लागि भन्दै उनले फूलपातीका दिन अनसन स्थगित गरेका थिए ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी यस अघि १२ पटकसम्म अनसन बसिसकेका छन् । अब उनको १३ औं अनसन हुने छ ।