Date:2017/10/17 |Tuesday

चिकित्सकहरूको आरोप–सरकारले काम गर्ने वातावरण बिथाल्यो

Posted on: October 08, 2017 | views: 21 |

हिमालय टाइम्स

काठमाडौं । नेपाल चिकित्सक संघले सरकारबाटै काम गर्ने वातावरण बिथोल्ने प्रयास भएको आरोप लगाएको छ । संघले चिकित्सकहरूलाई काम गर्ने वातावरण मिलाइदिनुपर्ने लगायतका माग गर्दै शनिबार राजधानीमा ¥यालीसमेत निकालेको छ । काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको ¥याली नयाँ बानेश्वर पुगेर टुंगिएको थियो । 

सरबारबाटै काम गर्ने वातावरण बिथोलिएकाले आफूहरूलाई अनेक किसिमका समस्या आइपरेको उनीहरूको भनाइ थियो । ¥यालीमा चिकित्सकहरूले उपचारको क्रममा ज्यान गएका बिरामीको क्षतिपूर्ति सम्बन्धित चिकित्सकबाटै भराउने सरकारको निर्णय न्यायिक नभएको बताए ।

संघका पूर्वअध्यक्ष कालुसिंह खत्रीले चिकित्सकलाई सरकारले न्याय दिने खालको वातावरण मिलाउनुपर्ने बताए । उनले चिकित्सकहरूबाटै क्षतिपूर्ति लिने कानुनी व्यवस्था गर्ने निर्णय फिर्ता लिनुपर्नेमा जोड दिदैं नत्र आफूहरूको आन्दोलनले झनै तीव्र रूप लिने चेतावनी दिए । हरेक मान्छेबाट गल्ती हुने भएकाले चिकित्सकबाट भएको अन्जान गल्तीमा सरकारले यस्तो व्यवस्था गर्नु न्यायसंगत नभएको उनले बताए । चिकित्सकहरूबाट उपचारको क्रममा गल्ती भएमा छानबिन गरी गल्ती गर्ने व्यक्तिलाई नै सजाय दिनुपर्ने उनले बताए ।

नेपाल चिकित्सक संघसँग भएको सम्झौतामा उल्लिखित निवृत्ति उमेर बढाउने निर्णय निशर्त खारेज गरिनुपर्ने, संघसँग भएको सम्झौता पालनाको क्रममा गठन हुने हरेक समितिमा सरकारी र गैरसरकारी चिकित्सकहरूबाट एक÷एक युवा प्रतिनिधि अनिवार्य संलग्न गराइनुपर्नेलगायतका तीनबुँदे माग चिकित्सकहरूले अघि सारेका छन् ।

उता सरकारसँग विगतमा भएको सम्झौता पूरा नभएको भन्दै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्राडा गोविन्द केसीले पनि १३औं पटकको आमरण अनशन सुरु गरेका छन् । असोज १९ गते अनशन सुरु गरेका उनले माग पूरा नभएसम्म अनशन जारी रहने बताएका छन् ।

डा. केसीले पाँचबुँदे मागलाई अघि सारी अनशन बसेका छन् । उनको माथेमा प्रतिवेदनअनुसार तत्काल चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने र मेडिकल माफियासँगको मिलेमतोमा एमबिबिएसका लागि सरकारले तोकेको भन्दा दशांै लाख बढी शुल्क अवैधरूपमा निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज गर्नुपर्ने, सरकारले तोकेबमोजिम एमबिबिएसका लागि ३८ लाख ५० हजार (काठमाडौं उपत्यकाभित्र), ४२ लाख ४५ हजार (उपत्यकाबाहिर) तथा बिडिएसका लागि १९ लाख ३२ हजार ६१२ कायम गरिनुपर्ने माग छ । माफियासँगको मिलेमतोमा अर्बाैंको चलखेल गर्ने डिन राजेन्द्र कोजुलाई तत्काल बर्खास्त गरिनुपर्नेलगायत माग पनि डा केसीले अघि सारेका छन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं