Date:2017/10/17 |Tuesday

मानसिक स्वास्थ्य दिवस मनाइयो

Posted on: October 11, 2017 | views: 32 |

हिमालय टाइम्स

काठमाडौं । विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मंगलबार राजधानीमा ‘विश्व मानसिक स्वास्थ्य दिवस’ मनाइएको छ । यस वर्ष ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने मूल सन्देशका साथ उक्त दिवस मनाइयो । सो अवसरमा राजधानीमा मनोचिकित्सक संघ नेपालले मानसिक स्वास्थ्यको विषयममा एक ¥याली निकाल्यो । 

नयाँ बानेश्वरबाट सुरु भएको ¥याली माइतीघर मण्डलासम्म पुगेर टुंगिएको थियो । ¥यालीमा संघका अध्यक्ष डा. अरुण कुँवरले मानसिक समस्या भएका मानिसलाई सम्बोधन गर्ने विषयमा समेत परिवर्तन ल्याउन जरुरी रहेको बताए । उनले त्यस्ता मानिसको अवस्थालाई उचित सम्बोधन गर्न नजानेकै कारणले पनि मानसिक समस्या बढ्दै गएको बताए । उनले मानसिक स्वास्थ्यको विषयमा सरकारसँग प्रभावकारी कार्यक्रम नहुँदा समस्या बढ्दै गएको बताए ।  

¥यालीमा सहभागी डा. पुष्पप्रसाद शर्माले नेपालमा मानसिक रोगको उपचार गर्ने अस्पताल फाट्टफुट्ट रहे पनि उपचार गर्ने गराउने उचित वातावरण नभएको बताए । उनले यसका लागि जनचेतना जगाउन नसकेकाले पनि यस्तो भएको बताए । उनले मानसिक रोगीहरूसँग मनोचिकित्कले समेत नम्र व्यवहार गर्नुपर्नेमा जोड दिए । व्यवहारमा परिवर्तन नगरे मानसिक रोगीहरू झनै बढ्दै जाने पनि उनले सुझाव दिए । 

विश्व स्वास्थ्य संगठनको आहृवानमा सन् १९९२ मा विश्व मानसिक स्वास्थ्य दिवस मनाउन थालिएको हो । हरेक वर्ष अक्टोबर १० मा यो मनाइन्छ ।

विश्व स्वास्थ्य संगठनले २०१७ मा गरेको अध्ययनले नेपालमा ५ जनामध्ये एकजनालाई कुनै न कुनै किसिमको मानसिक समस्या हुने गरेको देखाएको छ । यस्तै विश्वमा ४५ करोड मानिसको कुनै न कुनै किसिमले मानसिक समस्यामा रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । नेपालमा ५० लाखभन्दा बढी मानिस मानसिक रोगबाट प्रभावित भइरहेको संगठनको आँकलन छ । विश्व स्वास्थ्य संगठनले कार्यस्थलमा असल व्यवहार हुनुपर्नेमा जोड दिँदै आएको छ । मानसिक स्वास्थ्य समस्याका कारण कामदारको कार्य क्षमता घट्दै गएको र बेरोजगारी समेत बढाएको विश्व स्वास्थ्य संगठनको निष्कर्ष छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं