Date:2017/11/23 |Thursday

केश झर्नुको मुख्यकारण र समाधानका उपाय

Posted on: November 07, 2017 | views: 83 |

हिमालय टाइम्स । धेरै मानिस केश झरेर हैरान हुने गरेका छन् । शल्यक्रिया गरेको अवस्था, दुर्घटना, गम्भीर बिरामी भएको अवस्थामा केश झर्छ । तर, यस्तो अवस्थाको केश झर्नु अस्थायी हो ।

अत्यधिक मात्रामा भिटामिन सेवन र बढी औषधि सेवनले पनि केश झर्छ। भिटामिन ए को सेवन कम गर्यो भने केश झर्न कम हुन्छ ।

त्यसैगरी आवश्यक भएजति  प्रोटिन शरीरले नपाउने हो भने केश झर्न सक्छ । त्यसैले माछा, मासु, अण्डाजस्ता बढी प्रोटिन पाइने खाद्यपदार्थ खानु उपयुक्त हुन्छ ।

मानसिक तनावका कारण पनि केश झर्ने हुन्छ । तनावबाट टाठा रहनु पर्दछ । कसैकसैको वंशाणुका कारण पनि केश झर्न सक्दछ प्राय पुरुषहरुको यस्तो हुने गर्दछ ।

केश झर्नुको एउटा कारण नुहाउँदा हामीले प्रयोग गर्ने स्याम्पु पनि हुन सक्छ । स्याम्पुमा भएको केमिकल हामी कति जनाको केशले सहँदैन । त्यसकारण कुनै स्याम्पुले नुहाउँदा केश झरिरहेको हुन सक्छ । त्यसकुरालाई विचार गरेर तत्काल स्याम्पु परिवर्तन गर्नु बुद्धिमानी हुन्छ ।

शरीर फुस्रो हुने मानिसको पनि केश झर्न सक्छ । टाउकोमा चाया परेमा पनि केश झर्न सक्छ । यसर्थ के कारण केश झरिरहेको छ आफैले अनुमान पनि गर्न सकिन्छ ।

त्यसैगरी आवश्यकताभन्दा बढी नुहाउँदा पनि केश झर्न सक्छ । केशमा हुने प्राकृतिक तेललाई दैनिक वा सो भन्दा बढी नुहाउनाले हानि पुगेर पनि केश झर्ने गरेको हुन सक्छ । अत्यधिक नुहाउनाले केश फुस्रो समेत हुने गर्दछ । जसका लागि केश धोइसकेपछि राम्रो तेलले टाउको मसाज गर्नु उत्तम हुन्छ ।

केश झरिरहने समस्याबाट छुट्कारा पाउन नुहाउँदा कन्डिसनरको प्रयोग गर्नु पर्दछ । कन्डिसनरले केशको चमक बढाउनुका साथै त्यसलाई फुस्रो हुनबाट बचाउँछ ।

अत्यधिक केश झर्ने समस्या छ भने छालाका चिकित्सकलाई देखाउनुनै बेस हुन्छ । –हेल्थटिप्सबाट



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं