20th January | 2018 | Saturday | 7:09:31 AM

चाया हटाउने सजिलो उपाय

  POSTED ON : 2017-12-23 07:18:49

चाया हटाउने सजिलो उपाय

काठमाडौं । जाडो याममा धेरैको टाउकोमा चाया परेर हैरान पार्दछ । जाडो समयमा शरीर फुस्रो हुने हुँदा चाया देखिन्छ । यदि चाया परेर हैरान हुनु भएको छ भने यसबाट छुट्कारा पाउन यी उपाय अपनाउन सकिन्छ ।

नरिवलको तेलमा कपुर मिलाएर कपालको जरासम्म पुग्नेगरी राम्रोसँग मसाज गर्ने । केही दिनमै चाया कम भएको महसुस हुनेछ ।

तोरीको तेलले कपाल मसाज गर्ने । मसाज गरको आधा घण्टापछि तातो पानीमा तौलिया भिजाएर राम्रोसँग निचोरी टाउको बेर्ने । यसो गर्दा कपालको रोमछिद्र खुल्छ । यसो गरेको १५ मिनेटपछि कपाल धुने ।

चुकन्दरको पातलाई पानीमा उमाल्ने र उमालेको पानीले कपाल धुने ।

अण्डाको पहेँलो भागमा अमिलो दही मिसाउने र कपालमा लगाई आधा घण्टापछि पखाल्ने ।

अमिलो दहीले टाउको धुने गर्नाले समेत चायाको समस्याबाट छुट्कारा मिल्छ ।

कागतीको रसमा मरिच मिसाउने र कपालको जरामा लगाउने ।

ग्लिसरिन र गुलाबजल मिसाएर हरेक बिहान कपालमा लगाउने र केही बेरपछि धुने ।

अमिलो दहीमा बेसन मिसाउने र कपालमा लगाई एक घण्टापछि कपाल धुने । –एजेन्सी